काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाका जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र कोष प्रवर्द्धक सिद्धार्थ बैंक रहेका सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३, सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम र सिद्धार्थ इक्विटी फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ४ वटैको न्याभ बढेको छ। 

जेठमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२को प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेर १०.३८ रुपैयाँ पुगेको छ। वैशाखमा न्याभ ९.४५ रुपैयाँ थियो। 

यो योजनाको जेठमा कुल लगानी पनि बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। वैशाखमा कुल लगानी ९९ करोड २ लाख रुपैयाँ थियो। 

जेठमा यो योजनाको कुल आय ४ करोड ३५ लाख रुपैयाँ रहेको छ। वैशाखमा कुल व्याय ६ करोड ७८ लाख रुपैयाँ थियो। 

जेठमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३को प्रतिइकाइ खुद मूल्य (न्याभ) पनि बढेर १०.१५ रुपैयाँ पुगेको छ। वैशाखमा न्याभ ९.९५ रुपैयाँ थियो। 

यो योजनाको जेठमा कुल लगानी पनि बढेर ३६ करोड ७८ लाख रुपैयाँ पुगेको छ। वैशाखमा कुल लगानी ११ करोड ४८ लाख रुपैयाँ थियो। 

जेठमा यो योजनाको कुल आय १ करोड २२ लाख रुपैयाँ रहेको छ। वैशाखमा कुल व्याय ३६ लाख ६२ हजार रुपैयाँ थियो। 

जेठमा सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेर ८.७२ रुपैयाँ पुगेको छ। वैशाखमा न्याभ ८.०४ रुपैयाँ थियो। 

यो योजनाको जेठमा कुल लगानी पनि बढेर २९ करोड ६५ लाख रुपैयाँ पुगेको छ। वैशाखमा कुल लगानी २३ करोड २० लाख रुपैयाँ थियो। 

जेठमा यो योजनाको कुल आय २ करोड ४६ लाख रुपैयाँ रहेको छ। वैशाखमा कुल व्याय २३ लाख ८ हजार रुपैयाँ थियो। 

जेठमा सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) पनि बढेर १०.२३ रुपैयाँ पुगेको छ। वैशाखमा न्याभ ९.३७ रुपैयाँ थियो। 

यो योजनाको जेठमा कुल लगानी पनि बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। वैशाखमा कुल लगानी १ अर्ब २५ करोड रुपैयाँ थियो। 

जेठमा यो योजनाको कुल आय ३ करोड ११ लाख रुपैयाँ रहेको छ। वैशाखमा कुल व्याय ९ करोड ८३ लाख रुपैयाँ थियो।