काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ। 

योजना व्यवस्था सिद्धार्थ क्यापिटलले ती दुवै योजनाको लाभांश वितरणका लागि यही भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १२ गतेम्म कायम इकाइधनीहरुले यी दुवै योजनाको लाभांश पाउनेछन्। 

आर्थिक वर्ष २०७९–८० का लागि सिद्धार्थ इक्विटी फन्डका इकाइधनीलाई करसहित ५ प्रतिशत (७ करोड ५० लाख रुपैयाँं र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२का इकाइधनीलाई करसहित ६.५ प्रतिशत (७ करोड ८० लाख रुपैयाँ) नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।