काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाका असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र कोष प्रवर्द्धक सिद्धार्थ बैंक रहेका सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३, सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम र सिद्धार्थ इक्विटी फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ४ वटै योजनाको न्याभ असोजमा घटेको छ। 

असोजमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२को प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर ९.१९ रुपैयाँ कायम भएको छ। भदौमा न्याभ ९.५९ रुपैयाँ थियो। 

यो योजनाको असोजमा कुल लगानी पनि घटेर ९८ करोड ३९ लाख रुपैयाँमा सीमित बनेको छ। भदौमा कुल लगानी १ अर्ब ५ करोड रुपैयाँ थियो। 

असोजमा यो योजनाको कुल व्यय १० करोड २३ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्यय ५ करोड ४९ लाख रुपैयाँ थियो। 

असोजमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३को न्याभ पनि घटेर ९.८४ रुपैयाँ कायम भएको छ। भदौमा न्याभ १०.१२ रुपैयाँ थियो। 

यो योजनाको असोजमा कुल लगानी पनि घटेर ५४ करोड रुपैयाँमा सीमित बनेको छ। भदौमा कुल लगानी ५५ करोड ८४ लाख रुपैयाँ थियो। 

असोजमा यो योजनाको कुल व्यय ३ करोड ८४ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्यय १ करोड ५७ लाख रुपैयाँ थियो। 

असोजमा सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको न्याभ घटेर ८.५९ रुपैयाँ कायम भएको छ। भदौमा न्याभ ८.८३ रुपैयाँ थियो। 

यो योजनाको असोजमा कुल लगानी पनि घटेर ३५ करोड ६७ लाख रुपैयाँ झरेको छ। भदौमा कुल लगानी ३६ करोड ५८ लाख रुपैयाँ थियो। 

असोजमा यो योजनाको कुल व्यय २ करोड ९ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्यय ८० लाख ८ हजार रुपैयाँ थियो। 

असोजमा सिद्धार्थ इक्विटी फन्डको न्याभ पनि घटेर ९.२५ रुपैयाँमा झरेको छ। भदौमा न्याभ ९.६२ रुपैयाँ थियो। 

यो योजनाको असोजमा कुल लगानी पनि घटेर १ अर्ब २१ करोड रुपैयाँमा सीमित बनेको छ। भदौमा कुल लगानी १ अर्ब ३० करोड रुपैयाँ थियो। 

असोजमा यो योजनाको कुल व्यय ११ करोड ८१ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्यय ६ करोड २२ लाख रुपैयाँ थियो।