काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडको प्रवद्र्धनमा संचालित म्युचुअल फण्ड ‘सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम’का इकाईधनीलाई आर्थिक वर्ष २०७४/७५ का लागि १२ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । 

कम्पनीको साउन २५ गते बसेको संचालक समितिको बैठकले १२ प्रतिशतको दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको प्रतिफल(करसहित) इकाईधनीलाई वितरण गर्ने र त्यसका लागि बुक क्लोजको मिति समेत तय गरेको हो । 

कम्पनीले भदौ ४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यसको अर्थ यो स्किममा सहभागी भएर १२ प्रतिशत प्रतिफल पाउन चाहनेले भदौ ३ गतेसम्म(बुक क्लोजको एक कार्यदिनअघिसम्म)मा स्किमका इकाईहरु खरीद गरिसक्नुपर्नेछ । 

प्रतिफल वितरणपछि योजनाको समायोजित प्रतिइकाई खूद सम्पत्ति मूल्य रु.१०.१४३ कायम रहने बताइएको छ ।