काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी असोज १९ गतेदेखि बिक्री नभएको हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । 

कम्पनीले बिक्री नभएको ३७ हजार २ सय १६ दशमलव ५० कित्ता हकप्रद सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । 

लिलामीबाट कम्पनीको सेयर खरीद गर्न चाहनेले असोज २६ गतेभित्रमा गोप्य शिलबन्दी पेश गरिसक्नुपर्नेछ । 

यो बिमा कम्पनीले संस्थापक समूहतर्फ बिक्री नभएको ७ सय ९९ दशमलव ६० कित्ता र सर्वसाधारण समूहतर्फको ३६ हजार ४ सय १६ दशमलव ९० कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । 

दुवै समूहका सेयर खरीद गर्न इच्छुकले न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ लगाउनुपर्नेछ भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ । 

कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो । सोही क्रममा बिक्री नभएको सेयर लिलामीमा ल्याउन लागेको हो । 

हकप्रद सेयरको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी ८६ करोड ५९ लाखको उचाईमा पुग्नेछ ।