काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित 'सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२' को १४ करोड इकाई आज बिहीबारदेखि बिक्री खुला गरिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो स्किमअन्तर्गत प्रतिइकाइ रु. १० को रु १ अर्ब ४० करोडको म्युचुअल फन्ड निष्कासन खुला गरिएको हो । कुल इकाइको १५ प्रतिशतले हुन आउने २ करोड १० लाख इकाइ कोष प्रबद्र्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडले बिजी पुँजीका रुपमा लगानी गरी बाँकी इकाइ वितरण पुस्तिकाको सर्तअनुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम १ करोड ४० लाख इकाइका लागि खरिद आवेदन दिन सक्ने छन् ।

यो म्युचुअल फन्डको योजना अवधि १० वर्षको रहेको छ । यो म्युचुअल फन्डको निष्कासन बन्द छिटोमा साउन २७ गते र ढिलामा भदौ २० गते तोकिएको छ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन् ।