काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित 'सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२' को १४ करोड इकाईमा खरिद आवेदन दिने आज बिहीबार अन्तिम अवसर रहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो स्किमअन्तर्गत प्रतिइकाइ रु. १० को रु. १ अर्ब ४० करोडको म्युचुअल फन्ड गत साउन २३ गतेबाट निष्कासन खुला गरिएको थियो। कुल इकाइको १५ प्रतिशतले हुन आउने २ करोड १० लाख इकाइ कोष प्रबद्र्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडले बिजी पुँजीका रुपमा लगानी गरी बाँकी इकाइ वितरण पुस्तिकाको सर्तअनुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम १ करोड ४० लाख इकाइका लागि खरिद आवेदन दिन सक्ने छन् ।
यो म्युचुअल फन्डको योजना अवधि १० वर्षको रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19