काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ‘१०.२५% एसबीएल डिबेन्चर २०८३’ का २५ लाख कित्ता ऋणपत्रको ष्निकास तथा बिक्री खुला अवधि १० दिन थप गरिएको छ ।
गत साउन १४ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले सात वर्ष अवधि तथा वार्षिक १०.२५% ब्याजदर भएको रु २ अर्ब ५० करोड मूल्यबराबरका ऋणपत्र गत भदौ ५ गतेदेखि निष्कासन गरेको थियो । ऋणपत्रको निष्कासन भदौ ९ गते बन्द हुने भनिएकोमा अब १० दिन थपेर भदौ १९ गतेसम्म तोकिएको छ ।
प्रतिडिबेन्चर रु १ हजार अंकित २५ लाख कित्तामध्ये १५ लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु १ अर्ब ५० करोड ऋणपुँजी रकम परिचत्र विधिबाट र १० लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु १ अर्ब ऋणपुँजी रकम (५% अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री खुला गरिएको हो ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड तोकिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago