काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको काठमाण्डौको खिचापोखरीस्थित न्युरोड शाखा सोमबारदेखि सञ्चालनमा आएको छ ।

शाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाद्वारा संयुक्त रुपमा गरियो । पौडेलले कम्पनीको संस्थागत सुशासन अब्बल र अन्य सूचकांकहरुसमेत राम्रो रहेको बताउँदै विस्तारित शाखाबाट बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना दिए ।

अध्यक्ष केडियाले अहिलेसम्म काठमाण्डौ उपत्यकामा ११ वटा शाखा सञ्जालमार्फत स्तरीय बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको  बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले स्वागत मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवाप्रदानगर्न कम्पनी प्रतिबद्ध रहेको बताए।

समारोहमा स्थानीय बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उपस्थिति थियो ।