काठमाण्डौ । सिद्घार्थ बैंकले सोमबारदेखि कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा विस्तारपश्चात सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७३ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ ।

बैंकले १०१ शाखारहित बैंकिङ सेवा, १९० एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरिय बंैैकिङ सेवा प्रदान गर्दै आएको छ ।