काठमाण्डौ । सिद्धार्थ  बैंकले आज बिहीबार धनुषाअवस्थित विद्यापति चोकशाखा र जनकपुर शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।

बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक  हेम प्रसाद न्यौपानेबाट भएको थियो भने जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाहबाट भएको बैंकले जनाएको छ । 

बैंकले विद्यापति चोक शाखा गत २०७५ फाल्गुण २२ गते र जनकपुर शाखा २०७५ चैत्र १७ गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । 

बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवाप्रदान गर्दै आएको दाबीसमेत गरेको छ ।