काठमाण्डौ । पूँजीबजारको विकास र बिस्तारका लागि राज्यका विभिन्न निकाय गम्भीर बनेको महसुस भइरहेको बेला बजारको नियामक धितोपत्र बोर्डले समेत नयाँ नयाँ कार्यक्रम ल्याउन थालेको छ ।
यही क्रममा लगानीकर्ताहरुको समस्या तथा गुनासा सुन्न बोर्डले निकट भविष्यमै लगानीकर्ताहरुसँग सिधा कुरा नामको कार्यक्रम संचालन गर्ने भएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीका अनुसार प्रत्येक महिनाको एकपटक बोर्डमै लगानीकर्ताहरुलाई डाँकेर उनीहरुका समस्या र गुनासा प्रत्यक्ष सुन्ने गरी लगानीकर्तासँग सिधा कुरा कार्यक्रम संचालन गर्न लागिएको हो ।
‘प्रत्येक महिना एउटा मिति निश्चित गरी यो कार्यक्रम संचालन हुनेछ ।’ कार्कीले भने–‘हामी त्यो दिन लगानीकर्तालाई अगाडि राखेर उनीहरुका गुनासा, अप्ठ्यारा र सुझावहरु सुन्छौ । र, जायज सुझावहरुको कार्यान्वयनमा पनि विशेष ध्यान दिन्छौ ।’
धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता बढाउँदै उनीहरुलाई साक्षर र विवेकशील लगानीकर्ता बनाउन आगामी दिनमा बोर्डले कार्यक्रम बनाएरै अगाडि बढ्ने समेत उनले प्रष्ट्याए । लगानीकर्ताको सचेतना तथा उनीहरुको सिकाईका लागि आवश्यक अन्य कार्यक्रमको बिषयमा समेत छलफल भइरहेको डा. कार्कीको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago