काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले नेपाल धितोपत्र बोर्डबाट इनिसियल पब्लिक अफरिङ(आइपीओ) निश्कासनको अनुमति पाएको छ । 

दोलखामा निर्माण भइरहेको आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड मूल्यको ७ लाख कित्ता सेयर आइपीओका लागि धितोपत्र बोर्डले अनुमति दिएको हो । 

आइपीओ निश्कासनका लागि सिभिल क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक नियुक्त भएको छ । 

सिभिल मार्केटका एक अधिकारीका अनुसार स्वीकृत आइपीओ ढिलोमा पनि साउन तेश्रो साताभित्रमा निश्कासनको प्रक्रिया थालिनेछ । 

नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिनर्जी पावरको आइपीओलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यो भनेको मध्यम रेटिङ हो । 

सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइडोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।