काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सिनर्जी पावरलाई हकप्रद निष्कासनको अनुमति दिएको हो। 

सिनर्जी पावरले चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले अब ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बढीको हकप्रद जारी गर्नेछ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। 

सिनर्जी पावरको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।