काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साढे ५ लाख बढी कित्ता सेयर लिलामीमा आउने भएको छ। 

कम्पनीको अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आउने भएको हो। 

कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म हाल कायम चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। कम्पनीले रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना सेयरधनीलाई ३४ लाख ६९ हजार ६१४ कित्ता सेयर असोज १६ गते बाँडफाँड गरेको छ। 

बाँडफाँडपछि बाँकी रहेको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामी प्रक्रिया बिक्रीमा आउने भएको छ।

हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका सेयरधनीलाई बाँडफाँडमा नपरेको हकप्रद सेयरबापतको रकम भोलि असोज १९ गतेदेखि आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ। 

यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।