काठमाण्डौ । सिन्धु विकास बैंकको चरिकोट शाखाले शुक्रबार सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 

बैंक प्राँगणमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चरिकोटका प्रतिनिधि लगाएत बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिति थियो। 

कार्यक्रममा चरिकोट बजारलगायत आसपास क्षेत्रका स्थानीय तथा विभिन्न बैक तथा वित्तीय संस्था एवं अन्य संघसंस्थाका प्रतिनिधि गरी ७६ जनाले रक्तदान गरेका छन्।