काठमाण्डौ । सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितका आर्थिक सहयोग गरेको छ ।

कम्पनीले भूकम्प पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग स्वरूप आफ्ना सम्पूर्ण कर्मचारीहरुको १ दिनकोे तलव भत्ता बराबरको रकम २ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको बताएको छ ।

विगतमा पनि बैंकले यस किसिमका राष्ट्रिय विपत्तीमा सहयोग गर्दै आइरहेकोे तथा भविष्यमा समेत यस्ता सहयोगहरु जारी रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले जानकारीे दिए । 

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित उक्त बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी पाँच वटा जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र एउटा सीमित बैंकिङ ईकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

कम्पनीले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।