काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् ।

कम्पनीले आगामी पुस १ गतेदेखि लागू हुने गरि नायब प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसीलाई नियुक्त गरेको हो । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब २० वर्षभन्दा बढीको कार्यअनुभब रहेको छ ।

यसका साथै  उनले यसअघि मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंकको आन्तरिक लेखा परिक्षण विभागमा विभागीय प्रमुख भएर काम गरिसकेका छन् ।

कम्पनीले आगामी दिनमा योग्यता तथा कार्य अनुभवले संस्थालाई अझ प्रगति तथा उच्च स्थानमा पु¥याउन सक्ने अपेक्षा लिएको बताएको छ।