काठमाण्डौ । धितोपत्र बजारमा बुधबार सिभिल बैंक लिमिटेड र किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको ७५.८० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ। 

सिभिल बैंकले आव २०७३/०७४ को मुनाफाबाट आफ्ना सेयधनीहरुलाई चुक्ता पूँजीको १०.२५ प्रतिशतबराबरको ७४ लाख ४० हजार ७९३ कित्ता बोनस वितरण गरेको थियो। सोही सेयर धितोपत्र बजारमा सूचीकृत भएको हो । सूचीकृतसँगै बैंकको सेयर कारोबारयोग्य भएको छ । 

यस्तै किसान माइक्रोफाइनान्सले गत वर्षको आम्दानीबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २९ प्रतिशतबराबरको १ लाख ३९ हजार ३४५ कित्ता बोनस शेयर वितरण गरेको थियो । त्यही सेयर धितोपत्र बजारमा सूचीकृत भएको हो। यद्यपि किसान माइक्रोफाइनान्स, मर्जर प्रक्रियामा रहेकोले शेयर कारोबार रोक्का छ। त्यसैले यो कम्पनीको शेयर मर्जर प्रक्रिया पूरा भएपछि मात्र कारोबारमा आउनेछ ।