काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्य र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीलाई भच्र्युअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तसम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ ग्राहक सदस्यलाई सर्वोपरी मानी ग्राहक संरक्षणको सिद्धान्तहरु अनुशरण गर्दै आफ्ना दैनिक कामकारबाही नियमित रुपमा गर्नका लागि निर्देशन दिए। 

सिभिल बैंकको सहायक कम्पनीका रुपमा रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको संस्थाले देशका ३४ जिल्लाहरुमा ७५ शाखा कार्यालयमार्फत करिब ७१ हजार घरपरिवारमा लघुवित्तीय सेवालगायत गैरवित्तीय सेवासमेत प्रदान गर्दै आइरहेको छ।