काठमाण्डौ । मर्जर प्रयोजनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिभिल बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ।
नेप्सेले फागुन १२ गतेदेखि सिभिल बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरी भोलि फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको मर्जरसम्बन्धी निर्देशिकाबमोजिम नेप्सेले सिभिल बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। अब सेयर मिलानलगायतका प्रक्रिया पूरा भएपछि हिमालयन बैंकको नाममा सिभिल बैंकको सेयर सूचीकृत भई कारोबारमा आउनेछ।
यो कार्यका लागि बढीमा १५ दिन सेयर कारोबार रोक्का गर्न पाइने व्यवस्था निर्देशिकामा गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago