काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कनकपुर रौतहटले पीडित परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ।

रौतहटको गुजरा नपा–७ परसवा टोलमा रहेको केन्द्र नं. ३८ की सदस्य अनतरी देवीका पति प्रकाश चौधरीको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ। अनतरी देवीले संस्थाबाट  १ लाख कर्जा लिएकोमा सदस्यका पतिको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बीमाअन्तर्गत पतिको मृत्युपश्चात दिइने काजकिरिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम १० हजार ७०० रुपैयाँसमेत फिर्ता गरी जम्मा रकम ३५ हजार ७०० रुपैयाँ निज सदस्यलाई एकमुष्ठ भुक्तानी गरिएको संस्थाका रौतहट शाखा प्रबन्धक कुन्दनप्रसाद कुशवाहाले जानकारी दिए।

संस्थाले आफ्ना ग्राहक सदस्यको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यअनुरुप आवश्यकताअनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ। 

उक्त रकम प्रदान कार्यक्रममा शाखाका तर्पmबाट शाखा प्रबन्धक कुन्दनप्रसाद कुशवाहा तथा कर्मचारी र सो केन्द्रका केन्द्र सञ्चालक मनोजप्रसाद कुशवाहाको उपस्थिति रहेको थियो।