काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने ५७ लाख ५ हजार ७०० रुपैयाँबराबरको बोनस सेयर र सोही आकारको अर्थात् ५ प्रतिशतले हुन आउने ५७ लाख ५ हजार ७०० रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर) सहित वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।