काठमाण्डौ। बोनस सेयर र हकप्रद सेयरका लागि सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्जमा यो संस्थाले जारी गर्ने भनेको ५ प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब यो संस्थाको सेयर प्रतिकित्ता ५४७ रुपैयाँ कायम भएको छ।
यसअघि यो संस्थाको सेयर प्रतिकित्ता १ हजार २२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो संस्था सेयर कारोबारमा आउनेछ।
संस्थाले यही असार २६ गते आठौँ वार्षिक साधारणसभा डाकेको छ। सोही सभाले प्रस्तावित बोनस सेयर पारित गर्नुका साथै बोसन सेयर वितरण हुन आउने चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19