काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सतप्रतिशत हकप्रद साउन २५ गतेबाट बिक्री खुला गर्ने भएको छ।
संस्थाले चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ को अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सेयरधनीहरुका लागि बिक्री खुलाउन लागेको हो। संस्थाले प्रतिसेयर १०० अंकित दरका ११ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
यो हकप्रद सेयरमा भदौ १४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डले गत फागुन १४ सिभिल लघुवित्तलाई हकप्रद निष्कासनको अनुमति दिएको थियो।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19