काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले प्रभावित भई हेलम्बु क्षेत्रका विस्थापित परिवारको राहत, पुनस्र्थापना र पुनर्निर्माणमा टेवा पुर्याउने अभिप्रायले राहतस्वरुप रकम सहयोग गरेको छ। 

संस्थाले आज हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई राहत स्वरुप रु. ३० हजारको चेक हस्तान्तरण गरेको हो।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस संस्थाले देशका २७ वटा जिल्लाहरुमा ६२ वटा शाखामार्फत लघुवित्तीय सेवाहरुलगायत गैरवित्तीय सेवाहरुसमेत प्रदान गर्दै आइरहेको छ।