काठमाण्डौ । सिमेन्टको भाउ प्रति बोरा रु. ५० ले बढेको छ । 

सिमेन्ट उत्पादकहरुको राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

योसँगै अब सिमेन्टको भाउ ओपिसीतर्फ प्रति बोरा न्यूनतम ५०० देखि ७०० रुपैयाँ पुगेको छ भने पीपीसीतर्फ ४०० देखि ६०० पुगेको छ । 

....................................................................

काठमाण्डौ । सिमेन्ट भाउ बढ्ने भएको छ । 

नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्टको भाउ बढाउने उद्देश्यले केही दिनदेखि लगातार बैठक डाकिरहेको छ । 

सो क्रममा बुधबार साँझसम्म सिमेन्टको भाउ बढाउने निर्णय आउनसक्ने एक उद्योगीले जानकारी दिए । 

उद्योगहरुले ओपिसी  र पिपीसी सिमेन्टको भाउ प्रतिबोरामा ३५ देखि ४० रुपैयाँको दरले बढाउने तयारी गरेका छन् । 

हाल बजारमा विभिन्न कम्पनीका ओपिसी सिमेन्टको मूल्य प्रतिबोरा ४५० देखि ६५० रुपैयाँसम्म पर्छ । 

पीपीसीको ३५० देखि ५५० रुपैयाँसम्म पर्छ । यही मूल्यमा प्रतिबोरा ४० रुपैयाँसम्म मूल्य बढ्नसक्ने बताइएको छ । 

संघले छलफल अन्तिम चरणमा पुर्याए पनि यो समाचार तयार पार्दासम्म निर्णय चाहिँ गरिसकेको छैन । 

आर्थिक मन्दी र निर्माण क्षेत्रको गतिविधिमा सुस्तताका कारण सिमेन्ट उद्योगीहरु समस्यामा छन् । कतिपय उद्योगीले पछिल्लो समय प्रतिबोरामा ३० रुपैयाँभन्दा बढी सञ्चालन घाटा व्यहोर्नु परिरहेको गुनासो गरेका थिए । 

हिउँदको सुरुवात भएपछि घर निर्माण लगायतले गति लिने र यही बेला मूल्य बढाउँदा यसअघि व्यहोरेको सञ्चालन घाटा पूर्ति हुने उद्योगीहरुको भनाई रहेको छ ।