काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।

कम्पनीको गत पुस ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । 

साथै सो बैठकले नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित अन्य वित्तीय विवरणहरु अनुमोदनको लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

कम्पनीले राष्ट्र बैंकबाट स्वीकृति पाएपछि साधारणसभा बोलाउने छ ।