काठमाण्डौ । भारित औसत लागत विधिबाट पूँजीगत लाभकर गणनाका लागि लगानीकर्ता स्वयम् ब्रोकर अफिस धाउनुपर्ने बाध्यता अन्त हुने गरी सिस्टम विकास गर्न दिइएको निर्देशन पालनामा विलम्ब भएको भन्दै धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई स्पष्टीकरण सोधेको छ ।
लगानीकर्ताहरुको आन्दोलनपछि अर्थमन्त्रालयले पूँजीगत लाभकर घोषणाका लागि लगानीकर्ताहरु ब्रोकर अफिस पुगेर ल्याप्चे लगाउनुपर्ने झञ्झटिलो व्यवस्था अन्तका लागि आवश्यक पहल गर्न भन्दै धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशनपछि बोर्डले समेत सिडिएससीलाई साउन २४ गते तीन दिनभित्र लगानीकर्तालाई सहज हुने गरी सिस्टम विकास गरी आवश्यक जानकारी गराउन लिखित निर्देशन नै दिएको थियो । तर, लिखित निर्देशन दिएको लामो समयसम्म पनि लगानीकर्ताहरुको ब्रोकर कार्यालयमा गएर ल्याप्चे लगाई स्वम् लाभकर घोषणा गर्न बाध्यता नहटेको भन्दै के कारणले यस्तो भएको हो भन्दै बोर्डले स्पष्टीकरण सोधेको हो ।
बोर्ड स्रोतका अनुसार अर्थ मन्त्रालयले यो विषयमा चासो लिएर सोधेपछि बोर्डले निर्देशन अनुसार नै सिडिएससीलाई स्पष्टीकरण सोधेको हो ।
यता, सिडिएससीले भने सिस्टम निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । शुक्रबार साँझसम्म परीक्षणको सबै काम सकेर सकेसम्म अर्को सातादेखि लगानीकर्ताहरुले समेत सिस्टमबाटै लाभकरको स्वयम् घोषणा गर्न मिल्ने व्यवस्था गर्दैछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago