काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)को सञ्चालक समिति सदस्यमा उत्तरकुमार खत्री नियुक्त भएका छन्। 

कोष सञ्चालक समितिको सदस्यमा सहसचिव खत्री नियुक्त भएका हुन्। 

अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा खत्री कोष सञ्चालक समितिमा नियुक्त भएका छन्। उनको नियुक्ति असार ६ गतेबाट लागू भएको छ।