काठमाण्डौ । लाभांश अनुमोदन गर्न नागरिक लगानी कोष (सीआईटी) ले आज असार १८ गते आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ। 

सभा सीआईटीको काठमाण्डौको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा अपराह्न २ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १७.८९४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९ प्रतिशत बोनस सेयर र बाँकी ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनाले कोषले असार ८ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ कोषद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन गत असार ७ गतेसम्म कायम सेयरधनीहरु योग्य भएका छन्।