काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)को कार्यकारी निर्देशकका लागि दरखास्त खुला गरिएको छ।
सीआईटीको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। इच्छुक योग्य उम्मेदवारले २१ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा कार्यालय समयभित्र गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ।
दरखास्तका साथ शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ। उम्मेदवारले व्यावसायिक कार्ययोजना (५ हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेस गर्नुपर्नेछ। आवेदन दिँदा अर्थ मन्त्रालयको राजश्व खातामा ५ हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि बुझाउनुपर्नेछ।
तोकिएको म्यादभित्र प्राप्त भएका आवेदनहरुबाट पहिलो चरणमा बढीमा ५ जनाको छनौट (सर्ट लिस्ट) गरी दोस्रो चरणमा सहभागी गराइने सूचनामा उल्लेख छ। दोस्रो चरणबाट उपयुक्त ३ जना उम्मेदवारको छनोट गरी सिफारिस समितिले अर्थ मन्त्रालयसमक्ष सिफारिस गर्नेछ।
यो सूचनाबमोजिम प्राप्त भएका दरखास्त सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ। झुट्टा विवरण वा कागजात पेस गरेमा आवेदन रद्द हुनुका साथै प्रचलित कानुनबमोजिम कारबाही हुने पनि सूचना प्रस्ट पारिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago