काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले बैंकहरुमा पौने १५ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ।

कोषले बिहीबार सूचना प्रकाशित गर्दै १४ अर्ब ७६ करोड २५ लाख रुपैयाँ बैंकहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जनाएको हो। कोषले यसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गका बैंकहरुलाई आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी यही कात्तिक २४ गते दिउँसो १ बजेभित्र सिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ। 

कोषले उक्त रकम बैंकहरुमा १ देखि २ वर्षे मुद्दति निक्षेपमा लगानी गर्ने जनाएको छ।