काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमीटे(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
बोर्डस्थित उच्च स्रोतका अनुसार सार्वजनिक मिडियामा हाकाहाकी बोर्डविरुद्ध बोलेका उनलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको हो ।
साउदले प्रदेश स्तरीय ब्रोकर लाइसेन्स वितरणमा गरिरहेको असहयोगको विषयमा बिजशालाले प्रकाशन गरेको समाचारमा प्रतिक्रिया दिंदै धितोपत्र बोर्डले दिएका सबै निर्देशन मान्नै पर्छ भन्ने छैन भन्दै आफ्नै नियामक निकायलाई ठाडो चुनौति दिएका थिए ।
धितोपत्र बोर्डले निर्देशन दिए पनि नेप्सेले संघीय संरचनाअनुसार नयाँ धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्ने कार्य एकवर्ष बितिसक्दा समेत अगाडि नबढाएको समाचार बिजशालाले मंगलबार प्रकाशित गरेको थियो ।
समाचारमा गत वर्ष मंसिर १७ गते नेपाल धितोपत्र बोर्डले संघीय संरचनाअनुसार नयाँ धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान नेप्सेलाई निर्देशन दिएको विषय उल्लेख थियो । तर, एक वर्ष बितिसक्दा समेत नेप्सेले यो निर्देशन कार्यान्वयनमा तदारुकता देखाएको छैन ।
विगतदेखि नै नेप्से र धितोपत्र बोर्डबीच द्वन्द्वहरु हुँदै आएको छ । यसैको कोपभाजनमा प्रादेशिक ब्रोकरको इस्यू समेत अड्किएको समाचारमा प्रतिक्रिया दिंदै नेप्से प्रमुख चन्द्रसिंह साउदले स्पष्ट भाषामा बोर्डको कुरा टेर्नैपर्छ भन्ने छैन भन्ने जवाफ दिएका थिए । ‘बोर्डले दिएजति सबै निर्देशनअनुसार गर्नैपर्ने भन्ने बाध्यता हुँदैन। बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स रोकिराख्दा सेबोन(धितोपत्र बोर्ड)ले के हेरेर बस्यो ?’उनले आफ्नै नियामक बोर्डमाथि चुनौति दिंदै प्रश्न खडा गरेका थिए ।
नियामकले दिएको निर्देशन मान्नुपर्ने जिम्मेवारीमा रहेको नेप्सेको प्रमुखले नै सार्वजनिक रुपमै बोर्डलाई जिस्क्याउने र मानमर्दन गर्ने काम गरेको विषयप्रति रुष्ट बोर्डका उच्च अधिकारीहरु एक वर्ष बितिसक्दा समेत आफूले दिएको निर्देशन कार्यान्वयनमा अटेर गर्ने र उल्टै ठूला गफ गर्न थालेपछि स्पष्टीकरण सोध्ने निर्णयमा पुगेका स्रोत दाबी गर्छ ।
स्रोतका अनुसार अर्को साताभित्र बोर्डले नेप्से प्रमुखलाई स्पष्टीकरण सोध्न सक्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago