काठमाण्डौ। अब क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मा पूूँजीगत लाभकर एकमुुष्ट फाइल प्रविष्टी गर्न मिल्ने भएको छ।
लकडाउनको अवधिमा सीडीएससीले म्यानुुअल रुपमा ब्रोकरले लाभकर प्रविष्टी गर्र्दै आइरहेकोमा अब लगानीकर्ताबाट प्राप्त लाभकर घोषणा एउटै फाइलबाट प्रविष्टी गर्ने प्रणालीको विकास गरेको जनाएको छ। अब आगामी साता सेयर बजार खुुुल्नेबित्तिकै यो प्रणालीमार्फत नै ब्रोकरहरुले सीएनएसमा एकैपटक लगानीकर्ताहरुको पूूँजीगत लाभकर प्रविष्टी गर्न सक्ने सीडीएससीका प्रवक्ता सुुरेश न्यौपानेको भनाइ छ। अब बजार खुुलेपछि यस प्रणालीअनुसार नै पूूँजीगत लाभकर प्रविष्टी हुुने उनको भनाइ छ।
लगानीकर्ताहरुले धितोपत्र बिक्रीपश्चात ‘मेरो सेयर’ को ईडीआइएसमार्फत पठाइएका प्रविष्टीलाई ब्रोकर कम्पनीका कर्मचारीले ‘टी–प्लस थ्री’ भित्र म्यानुुअल प्रविष्टी गर्न हम्मेहम्मे पथ्र्यो। यसको मुख्य कारण सीमित सिएनएसन युुजर र ब्रोकर कम्पनीका सीमित कर्मचारी हुन्।
एउटै ब्रोकरबाट औसत २ हजारसम्म बिक्रीको पूूँजीगत लाभकर प्रविष्टी गर्दा राति अबेरसम्म बस्नुुपर्ने ब्रोकर कर्मचारीको दुुःखका दिन अब भने हट्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago