काठमाण्डौ । नेपाली बजारमा इलेक्ट्रोनिक प्रोडक्टहरुको पहिलो रोजाई बन्न सफल ‘सीजी ब्राण्ड’ले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा एकसाथ तीन प्रोडक्टको ग्राण्ड लञ्च गरेको छ ।
सीजी ब्राण्डले ६५ इञ्चको यूएचडी लेड टेलिभिजन सेट, उच्चस्तरीय चेस्ट फ्रिजर र फोरजी स्मार्टफोनको एक भव्य समारोहका बीच शुक्रबार साँझ लञ्च गरिएको हो ।
सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा चौधरी ग्रुुपका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक निर्वाण चौधरी र कार्यकारी निर्देशक राहुल चौधरीले एकसाथ तीनवटा प्रोडक्टको लञ्च गरेका हुन् । सोही अवसरमा सीजी ब्राण्डले निकै आकर्षक ट्रली स्पीकर समेत चाँडै नेपाली बजारमा ल्याउने घोषणा समेत गरेको छ ।
यस्तो छ टेलिभिजन
लञ्चअघि आयोजित पत्रकार सम्मेलनमा बताइएअनुसार उच्च व्यापारिक तथा विशिष्ट वर्गको मागलाई मध्यनजर गरी ६५ इञ्चको यूएचडी टिभी बजारमा ल्याइएको हो । कम्पनीका अनुसार यो टिभी विशेष प्रकृतिको यूएचडीयुक्त वान जीबी डीडीआर र्याम तथा फोर जीबी इन्टरनल मेमोरीका साथमा विभिन्न एप्लीकेसन र अन्य विशेषताले भरिपूर्ण छ । यो टेलिभिजन सेटमा राम्रो तस्विर तथा दृश्य हेर्न सकिने, १.५ गिगाहर्ज डूअलकोर सीपीयू र क्वाड कोर जीपीयू जस्ता विशेषता पनि समावेश छन् । साउण्ड र क्वालिटी बढाउन स्पेशल बक्स स्पीकर समेत जडान गरिएको छ ।
यस्तो छ फ्रिजर
एक नवीनतम सिद्धान्त र प्रयासबाट निर्मित सिल्भर कलरको हार्ड टप फ्रिजर पनि नेपाली बजारमा ल्याएको छ । यसमा स्तरीय ह्याण्डल तथा लक सिस्टम जडान गरिएको छ भने कुल क्षमता २ सय लिटरको रहेको छ । यो फ्रिज शक्तिशाली कम्प्रेसरबाट संचालित रहेको र यसले १६० भोल्टमा पनि काम गर्छ । नेपालमा पहिलोपटक चेस्ट फ्रिजरको प्रयोगकर्ताका लागि कम्प्रेसरमा सीजीले ३६ महिना वारेन्टी दिंदै आइरहेको छ । कोल्ड स्टोरहरु, डेरी तथा घरेलु उपयोगमा पनि यो फ्रिजको माग अत्यधिक रहेको कम्पनीले जनाएको छ ।
यस्तो छ फोरजी स्मार्टफोन
चौधरी ग्रुपअन्तर्गतको सीजी मोवाइल प्रालिले उच्चस्तरीय गुणस्तरको फोरजी नेटवर्कमा आधारित स्मार्टफोन ‘ब्लेज फोर जी’ पनि बजारमा ल्याएको छ । सिजीले नेपालमै पहिलोपटक फोरजी नेटवर्कभित्र हाई इन्टरनेट स्पीडसँगै संचालन गर्न मिल्ने स्मार्टफोन तयार गरिएको स्पष्ट पारेको छ । यो स्मार्टफोन आकर्षक डिजाइन र अन्तराष्ट्रिय गुणस्तरको रहेकोले नेपाली उपभोक्ता र विशेष गरी स्मार्ट युवाहरुबीचमा लोकप्रिय हुने कम्पनीको अपेक्षा छ । यो स्मार्टफोनमा ८ मेगा पिक्सेलको अटो फोकस क्यामेराका साथै ५ मेगा पिक्सेलको सेल्फीसहितको फ्रन्ट क्यामेरा समेत रहेको छ । यो ब्लेज फोर जी स्मार्टफोनमा उच्च क्वालिटीसहितको उपयुक्त तौलको डिजाइनमा निर्माण गरिएको छ । यसमा १.३ गिगाहर्ज एमटीके प्रोसेसर, २ जीबी र्याम, १६ जीबी मेमोरीका साथै लामो समयसम्म टिक्ने २ हजार एमएएचको ब्याटी लगायतका विभिन्न उच्च क्वालिटीसहितका प्रविधियुक्त सुविधाहरु समेत रहेका बताइएको छ । यो मोवाइल फोनको मूल्य ११ हजार १ सय ११ कायम गरिएको सीजी ब्राण्डले जनाएको छ ।
यस्तो हुनेछ स्पीकर
आगामी मार्चभित्रमा सीजी ब्राण्डले आकर्षक ट्रली स्पीकर समेत बजारमा ल्याउने घोषणा गरिएको छ । पिकनिक, पार्टी प्यालेस तथा सभा समारोह जस्ता कार्यक्रमहरुमा बढ्दो ट्रली स्पीकरको मागलाई ध्यानमा राखी आकर्षक स्पीकर ल्याउन लागेको बताइएको छ । यसमा १५ इञ्चको स्पीकर राखिएको छ भने यसको कुल शक्ति ८० ध्वनी वाट रहेको छ । यसमा लीड एसिडयुक्त ब्याटी, चार्ज गर्न मिल्ने र एकपटक चार्ज गरेपछि ४ घण्टासम्म चल्ने विशेषता रहेको छ । यस्तै, २ वटा यूएचएफ वायरलेस माइक्रोफोन सो स्पीकरको खरीदमा उपलब्ध हुनेछ । यसलाई सजिलै संचालन गर्न रिमोट पनि हुने र अन्य आम ट्रली स्पीकरमा पाइने मुख्य विशेषता यसमा पनि राखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago