काठमाण्डौ । चौधरी ग्रूपका प्रबन्ध निर्देशक एवं उद्योगी निर्वाण चौधरीले सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु अहिलेको एनसेल काण्डमा संलग्न भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उद्योगी चौधरीले एनसेलको किनबेच प्रकरण र सीजीलाई टेलिकम कम्पनीमा पुर्‍याएको अवरोधका सम्बन्धमा बिहीबार आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
 उनले समाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको पनि बताएका छन् ।

उनले सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदै गएको पनि उल्लेख गरेका छन् ।

 हेर्दै जाऔँ, अरु के-के देख्न पाइने हो ?’ उनले लेखेका छन् ।

चौधरी ग्रूपले सीजी टेलिकमको लाइसेन्स पाउन १० वर्षदेखि प्रयास गरिरहेको छ ।