काठमाण्डौ । सीजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्यप्रतिशत किस्ता बन्दीमार्फत अब ग्राहकहरुले कुनै झन्झट बीना एलजी, सीजी र बेकोब्रान्डका घरेलु उपकरणहरू सुपथ मूल्यमा खरिद गर्न पाउने भएका छन् । 

यो सहकार्यले इलेक्ट्रोनिक्स उपभोक्ताहरुका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य रहेको कम्पनीले बताएको छ ।

यो सहकार्यले गर्दा अब १२ महिने शून्य प्रतिशत किस्ता बन्दीको लागि क्रेडिटकार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरुका लागि थप अवसर खोलेको छ।

यसका साथै झन्झटमुक्त शून्य प्रतिशत किस्ताबन्दी सुबिधाले न्युनतम अग्रिम लागतमा शून्यप्रतिशत ब्याजदरमा नै उपभोक्ताले उच्चगुणस्तरीय इलेक्ट्रोनिक्सहरु किन्न सकिनेछ ।
 

ग्राहकहरूले एलजी, सीजी र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी रेफ्रिजिरेटर, वासिङमेसिन र एयरकन्डिसनरहरू बिशेषछूटमा नै शून्य प्रतिशत किस्ताबन्दी सुबिधाको लाभ उठाउन सक्नेछन्।
 

यो सुविधा उपत्यकाभित्ररहेका सबै सीजी डिजिटल शोरुमहरुमा उपलब्ध हुने बताइएको छ ।