काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सीजी ब्रुअरीमा बोनशको बिषयलाई लिएर भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख छ ।
मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेका बेला यस्ता कार्यले अधिकांश उद्योग व्यवसायमा थप असर पर्ने पनि उसले बताएकोे छ ।
चेम्बरद्धारा जारी बिज्ञप्तिमा कम्पनीहरु न्युन क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदुरहरूले व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट, अभद्र व्यवहार र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि नगर्न भनिएको छ ।
व्यवस्थापन र मजदुरबीच शान्तिपुर्ण छलफलका माध्यमबाट समस्या समाधान गर्ने बिकल्प छँदाछँदै तोडफोडमा उत्रिनु अशोभनीय भएको चेम्बरले जनाएको छ । आफ्ना मागलाई लिएर बार्ता तथा विधिद्वारा समाधानको बाटो रोज्नुको साटो तोडफोडमा उत्रिनु व्यवसायिक वातावरणको प्रतिकुल हुने चेम्बरको ठहर छ ।
चेम्बरले भनेको छ, ‘देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमतामा हाल निकै गिरावट आएको छ । उद्योग कलकारखानामा हुने यस्ता गतिविधिले उद्योगलाई धरासायी हुने र औद्योगिक प्रवद्र्धनमा नकारात्मक असर पर्नेछ । यस्ता खाले गतिविधिले आन्तरिक र बाह्य लगानीलाई समेत गम्भिर असर पर्नेछ ।’
सीजी ब्रुअरीमा भएको पछिल्लो घटनाले औद्योगिक उत्पादनमा योगदान पुर्याएका उद्यमीहरुलाई भविश्वमा थप समस्यामा पार्ने पनि चेम्बरले सम्वन्धित सवैलाई सजग गराएको छ । औद्योगिक सम्वन्धलाई सुमधुर बनाउन र उश्रृंखल गतिविधि नगर्न/नगराउन समेत सम्वन्धित पक्षसँग चेम्बरले आग्रह गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19