काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सेयरको घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ। 

सीडीएससीले माघ ११ गतेसम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको हो। कोभिडको तेस्रो लहरसँगै सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएकाले चेन ब्रेकका लागि कार्यालयले प्रदान गर्दै आएको यो सेवा बन्द गर्नुपरेको सीडीएससीद्वारा जारी सूचनामा उल्लेख छ।

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाका लागि सीडीएससीले क्षमायाचना गरेको छ।