काठमाण्डौ । विगत ६ महिना बढीदेखि रिक्त रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि मंगलबार दरखास्त आह्वान गरिएको छ।
खुला प्रतिस्पर्धाबाट सीआईओ पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो। चारवर्षे यो पदका लागि योग्य उम्मेदवारले दरखास्त आह्वान गरिएको मितिबाट १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ।
यो पदका लागि मान्यप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। त्यस्तै पुँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानु वा व्यवस्थापन क्षेत्रहरुमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ। सूचना प्रविधिको ज्ञान भएका उम्मेदवारलाई ग्राह्यता दिइनेछ।
आवेदनकर्ताको उमेर आवेदन गर्ने मितिसम्म ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।
उम्मेदवारले दरखास्तका साथ ५ हजार शब्दमा नबढ्ने गरी नेपाली वा अंग्रेजी भाषामा तयार गरिएको केन्द्रीय निक्षेप सेवाको विकास तथा सुधारसम्बन्धी संस्थागत व्यावसाकि कार्ययोजना विद्युतीय प्रतिसहित अंग्रेजी वा नेपाली भाषामा ४ प्रति पेस गर्नुपर्नेछ।
सीईआको कार्य क्षेत्रगत सर्तहरु, धितोपत्रसम्बनधी ऐन, नेपाल सरकार र बोर्डबाट जारी निर्देशनहरु, एवं अन्य निर्देशन र सीडीएससी सञ्चालक समितिले समयसमयमा तोकेबमोजिम हुनेछ।
उम्मेदवार यो पदका लागि आवश्यक योग्यताका प्रमाणपत्र, कर दाखिला गरेको प्रमाण, स्थायी लेखा नम्बर आदि कागजपत्रका प्रतिलिपि समावेश गरेर दरखास्त दिनुपर्नेछ।
यसअघि सीडीएससीको सीईओ वेदप्रकाश गुप्ता रहेका थिए। उनी आफ्नो कार्यकाल पूरा गरी गत वर्ष मंसिरमा रिटायर्ड भएका थिए। हाल कामु सीईओको जिम्मेवारी नेटवर्क सेक्सन आईटी तथा अपरेसन शाखाकी प्रमुख कञ्चन सापकोटालाई दिइएको छ।
यो कम्पनी नेपाल स्टक एक्सचेन्जको सहायक कम्पनीका रुपमा सन् २०१० मा स्थापना गरिएको थियो। यो संस्थाको औपचारिक उद्घाटन भने सन् २०११ मार्च ३१ मा गरिएको थियो।
केन्द्रीय निक्षेप प्रणालीका रुपमा यो कम्पनीले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago