काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को रिक्त सीईओ पदका लागि गठित छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको छ।

सीडीएससीको सीईओ पदका लागि सर्टलिस्टमा परेका ६ उम्मेदवारमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा गठित छनोट समितिले हिजो आइतबार तीनजनाको नाम सिफारिस गरेको हो।

संयोजक फुयाँलका अनुसार रिक्त सीईओका लागि पूर्णप्रसाद आचार्य, भीष्मराज चालिसे र कृष्ण गिरीको नाम सिफारिस गरिएको छ। 

कार्यपत्र प्रस्तुतीकरणका आधारमा छनोट समितिले उपयुक्त उम्मेदवारमध्ये तीनजनाको नाम सीडीएससीको सञ्चालक समितिमा सिफारिस गरेको फुयाँलले जानकारी दिए।

अब तीमध्येबाट एकजनालाई सीडीएससीको सञ्चालक समितिले सीडीएसीको सीईओ नियुक्त गर्नेछ।

करिब दुई साताअघि सीडीएससीद्वारा सीईओ पदका लागि प्राप्त आवेदनमध्ये ६ जनाको नाम सार्वजनिक गरिएको थियो। गत असार १६ गते सीडीएससीले सीईओ पदका लागि आवेदन माग गरेकोमा सातजनाले आवेदन दिएका थिए।