काठमाण्डौ । सीडीएससीको एप्लिकेसनमा प्राविधिक समस्या आएपछि गत माघ ५ गतेको सेयर सेटलमेन्ट प्रभावित भएको छ। 

एप्लिकेसनमा प्राविधिक समस्या आएपछि माघ ५ गतेको सेयर कारोबार सेटलमेन्ट प्रभावित भएको सीडीएससीले जनाएको छ। उक्त दिनको सेटलमेन्ट आज माघ १० गतेमात्र हुने सीडीएससीद्वारा ‘मेरो सेयर’मा सूचनामा उल्लेख छ। 

प्रणालीमा प्राविधिक समस्या आएपछि माघ ५ गतेको सेटलमेन्टलाई अगाडि बढाउन नसकिएको सीडीएससीको एक अधिकारीले जानकारी दिए। 

‘प्राविधिक समस्या लगभग समाधान भइसकेको छ, त्यस दिनको सेटलमेन्ट आज गर्न सकिन्छ’, ती अधिकारीले भने।