काठमाण्डौ । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले आफूहरुले सेवाग्राहीबाट बढी सेवा शुल्क नलिएको दाबी गरेका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) आज आयोजना गरेको पुँजीबजार रिपोर्टिङसम्बन्धी अन्तर्क्रियामा सीईओ आचार्यले यस्तो दाबी गरेका हुन्। ‘हामीले सरकारले तोकेको सेवा शुल्क लिने हो, हामी आफैँले सेवा सेवा शुल्क तोक्दैनौँ’, उनले भने, ‘केही मिडियाले बढी शुल्क लियो भने भ्रम सिर्जना गर्ने काम गरिरहेका छन्।’
सीईओ आचार्य कम्पनीहरुले आईपीओ निष्कासन गर्दा प्रतिआवेदन २ रुपैयाँमात्रै सेवा शुल्क पाउने गरेको स्पष्ट पारेको छ। आईपीओ निष्कासन गर्दा केही बैंकहरुले आवेदकबाट शुल्क लिन्छन् र कुनैले निःशुल्क पनि गरेका छन्। त्यसबापत बैंकले बिक्री प्रबन्धकलाई १० रुपैयाँ प्रतिआवेदन दिने गर्छ। सोही १० रुपैयाँमध्ये २ रुपैयाँ सीडीएससीले पाउने हो।
सीईओ आचार्य डिम्याट खाता नवीकरण गर्दा सीडीएससीले १० रुपैयाँमात्रै पाउने स्पष्ट पारेको छ। ‘क्यापिटलहरुले डीम्याट खाता नवीकरण गर्दा १०० रुपैयाँ लिन्छन्, सीडीएससीले १० रुपैयाँ १० रुपैयाँ दिएर ९० रुपैयाँ क्यापिटलले नै राख्छन्’, उनले भने, ‘तर, आईटी मेन्टिनेन्स, मेनपावर सर्भिसलगायतका काम सबै हामीले गर्छौं।’
सीईओ आचार्यका अनुसार हाल डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ। जसमा ५७ प्रतिशत पुरुष र ४३ महिलाले खाता खोलेका छन्। ‘विगत डेढ वर्षमा मात्रै ३४–३५ लाख डिम्याट खाता खोलिएका छन्’, उनले भने, ‘मेरो सेयर प्रयोगकर्ता पनि ४१ लाख बढी छन्।’
पुँजीबजार विस्तार र विकासका लागि आफूहरुले रातदिन खटेर काम गरिरहेको पनि आचार्यले दाबी गरे। ‘कहिले सीडीएससीको प्रणालीहरुमा समस्या आउँछन्, तिनलाई निराकरण गर्दै लगेका छौँ’, उनले भने, ‘सहज रुपमा आईपीओको नतिजा हेर्ने पोर्टल पनि बनाएका छौँ।’
हाल डाटा सेक्युरिटी, सेन्ट्रल केवाईसी, नेप्से र ब्रोकरबीच डाटा एक्सिस, ई–भोटिङ डेभलपमेन्टमा काम भइरहेको आचार्यले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago