काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले सेन्ट्रल केवाईसी ल्याएको छ। 

सम्पूर्ण प्रक्रिया पूरा गरी सीडीएससीले सेन्ट्रल केवाईसी ल्याएको हो। सीडीएससीले आज एक सूचना जारी गर्दै ग्राहकको सेन्ट्रल केवाईसी दर्ता गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ। 

केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवासम्बन्धी कार्यसञ्चालन निर्देशका, २०७७ बमोजिम यो सेन्ट्रल केवाईसी प्रणाली तयार गरिएको सीडीएससीले जनाएको छ। ‘केवाईसी दर्ता प्रतिनिधिमार्फत ग्राहकको केवाईसी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ’, सूचनामा उल्लेख छ। 

सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले नेप्सेबाट कारोबार सदस्यता प्राप्त गरेका नयाँ ब्रोकर कम्पनीहरुबाट सेन्ट्रल केवाईसी सञ्चालन ल्याइने बताए। ‘यो सेवा विस्तारै अन्य ब्रोकर कम्पनीमा पनि विस्तार गरिनेछ’, उनले भने।