काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)सँग निक्षेप सदस्यतासम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात प्रोग्रेशिभ फाइनान्सका ग्राहकलाई डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ। आज भएको सम्झौतामा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईं तथा सीडिएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले हस्ताक्षर गरेका छन्। उक्त अवसरमा प्रोग्रेशिभ फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई तथा सीडिएससीका सञ्चालन विभाग प्रमुख कन्चन सापकोटाको पनि उपस्थिति थियो।
एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आइपीएस, कनेक्ट आईपीएस, क्यूआर पेमेन्ट, सी–आस्बालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिट्यान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले हाल १७ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरमार्फत सम्पूर्ण बैंकिङ सेवाहरु प्रवाह गरिरहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago