काठमाण्डौ । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले पछिल्लो समय आईपीओमा आवेदन दिनेहरुमा निराशा बढ्दै गएको बताएका छन्।

ग्लोबल आइएमई क्यापिटलले आज आयोजना गरेको नेष्डो लघुवित्त वित्तीयको आईपीओ बाँडफाँड कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ आचार्यले यस्तो धारणा राखेका हुन्। ‘पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या २५ लाखभन्दा बढी हुने गरेको छ। तर, थोरैले मात्रै गोलाप्रथाबाट १० कित्ता सेयर पाउँछन्’, उनले भने, ‘आईपीओमा हात खाली हुने आवेदकको संख्या निकै धेरै हुने गरेको छ। यसले निराशा बढाएको छ।’ 

सीईओ आचार्यले आईपीओ नपर्नेले ‘धाँधली भयो’ भनेर फोन गर्ने गरेको पनि बताए। ‘आईपीओ नपरेपछि सीडीएससीमा फोन गरेर ‘धाँधली भयो’ भन्छन्’, उनले भने, ‘आईपीओ बाँडफाँड हामीले होइन सिस्टमले गर्ने भएकोले पारदर्शी रुपमै बाँडफाँड हुन्छ भनेर सम्झाउँदै आएका छौँ।’

आचार्यले ठूलठूला प्रोजेक्ट र निकायहरुले आईपीओ ल्याउनुपर्ने बताए। ‘आईपीओबाट पुँजी जुटाउन पनि सहज हुन्छ, अर्कोतर्फ धेरैले सेयर पाउने अवस्था पनि सिर्जना हुन्छ।