काठमाण्डौ । सीताराम गोकुल मिल्क्स काठमाण्डौ प्रालिले सीताराम दूध तथा दूधद्वारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र कीर्तिपुरको नयाँबजारमा आजबाट सञ्चालनमा ल्याएको छ।
दूध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्रीवितरणको २७ वर्ष पूरा गरी २८ वर्षमा प्रवेश गरेको अवसरमा सीताराम डेरीको चौथो तथा आफ्नै दोस्रो बिक्री केन्द्र नयाँबजारमा सञ्चालन गरिएको हो। उक्त बिक्री केन्द्रको उद्घाटन कलाकार दीपाश्री निरौला, दीपकराज गिरी र जीतु नेपालले संयुक्त रुपमा गरेका छन्।
यो बिक्री केन्द्रबाट आमग्राहकले सीतारमा दूध तथा यसबाट बनेमा विभिन्न उत्पादनहरु गुणस्तरीय र ताजा पाउने कम्पनीले जनाएको छ। ‘हामी हरेक मानिसलाई गुणस्तरीय उत्पादनहरु विगत २७ बर्षदेखि उपलब्ध गराइरहेका छौँ र आज अनि भोलि पनि हामी यहीलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, सीताराम गोकुल मिल्कस् काठमाण्डौ प्रालिका अध्यक्ष सुमित केडियाले भने, ‘अब हामी चाँडै नै हाम्रो बिक्री केन्द्र अन्य स्थानमा पनि फ्रन्चाइज मोडलमा र विशेष मोडलमा खोल्दै हाम्रा उत्पादनहरुको पहुँच आमग्राहकसमक्ष पुर्याउने छौँ।’
यसका साथै यो बिक्री केन्द्र खुलेको अवसरमा कम्पनीले सीतारामका हरेक उत्पादनमा यो साउन महिनाभरि ५% छुटको व्यवस्था गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19