काठमाण्डौ। सरकारले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक तालिम प्रतिष्ठानअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले व्यावसायिक सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। तालिममा सहभागी हुनेहरुलाई सम्पर्क गर्न प्रतिष्ठानले सूचना जारी गरेको छ।
प्रतिष्ठानले विभिन्न १२ प्रकारका व्यावसायिक सीपमूलक तालिम सञ्चालन गर्नेछ। जसअन्तर्गत २ हजार ४०० जनालाई सहभागी गराइनेछ।
प्रतिष्ठानले मोबाइल फोन रिपियर, कम्प्युटर रिपियर्स, विल्डिङ इलेक्ट्रिसियन, वेल्डर, टेलरिङ एड्भान्स, टेलरिङ, सेक्युरिटी गार्ड, पल्म्बिङ, फेसन डिजाइनर, मेसन, ब्युटिसियन, ब्युटिसियन एड्भान्स र बेकर तालिम सञ्चालन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19