काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आपसमा गाभिने सम्बन्धमा सम्झौता भएको छ।

गत शुक्रबार आरम्भले सीवाईसी र शालिग्राम लघुवित्तसँग आपसमा गाभिने सम्झौता गरेको हो। आरम्भ चौतारी नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी हो। आरम्भ चौतारीसँग गाभिने सम्झौता गरेका सीवाईसी र शालिग्राम लघुवित्त भने नेप्सेमा सूचीकृत छैनन्। 

आरम्भ चौतारीको १०० कित्ताबराबर सीवाईसीको १०० कित्ता र शालिग्रामको ८५ कित्ता सेयर स्वाप रेसियोमा गाभिने सम्झौता भएको छ। 

यसैबीच नेप्सेले मर्जरमा जाने सम्झौता गरेको आरम्भ चौतारी लघुवित्तको सेयर कारोबार आइतबारदेखि रोक्का गरेको छ।